कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक सार्वजनिक

आर्थिक लाइभ
आर्थिक लाइभ ९ चैत्र २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता प्रबर्द्धन र उद्यमीहरूलाई सशक्तीकरण गर्न महत्त्वपूर्ण कदम चालेको छ । प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा वरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले बिहीवार आफ्नो वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो ।

बैंकिङ्ग सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रबर्द्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडियो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ्ग सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको छ ।

बैंकले भिडियो श्रृंखला र पुस्तकमार्फत बैंकिङ्ग सेवाको प्रयोग, व्यवसाय शुरू र सञ्चालन गर्ने प्रक्रिया, बैंकिङ्ग सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रित गरेको बैंकले जनाएको छ ।

उक्त भिडियो श्रृंखला र पुस्तक शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायहरूलाई पनि ठूलो टेवा पुग्ने बैंकको विश्वास छ ।

भिडियो श्रृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिवशंकर रिजाल लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ । उनीहरूको संलग्नताले ‘वित्तीय साक्षरता अभियान’ रचनात्मक बनेको बैंकले जनाएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले वित्तीय साक्षरता र उद्यमशीलतालाई बढावा दिन कुमारी बैंकले सदैव तयार रहेको बताए ।

यस पुस्तक र भिडियो श्रृंखलाले व्यक्तिहरूलाई, विशेष गरी नव उद्यमीहरू, साना व्यवसायी आदिलाई शिक्षित र सशक्तीकरण गर्न टेवा पुर्‍याउने उनको विश्वास छ ।

उनले यो भिडियो श्रृंखला र पुस्तक कुमारी बैंकको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने जानकारी दिए । विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५१ एक्स्टेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग इकाइमार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस्

Array