चैतमा १५ वाणिज्य बैंकको ब्याजदर घट्यो

आर्थिक लाइभ
आर्थिक लाइभ ३० फाल्गुन २०८०, बुधबार
3 Min Read
Aa

काठमाडौं । चैत महिनाका लागि १५ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार १८ वाणिज्य बैंकहरुमध्ये एनआइसी एशिया, ग्लोबल आइएमई र प्रभु बैंकबाहेकका सबै बैंकहरुले ब्याजदर घटाएका हुन् ।

यस अवधिमा एनआइसी एशियाले निक्षेपको ब्याजदर बढाएर ८.५४८ प्रतिशत पुर्याएपनि प्रभु र ग्लोबल आइएमई बैंकले भने फागुन महिनाकै यथावत ब्याजदर तोकेका छन् ।चैतमा ब्याजदर सबैभन्दा बढी घटाउने वाणिज्य बैंकहरुको सूचीको पहिलो स्थानमा कृषि विकास बैंक छ । यो बैंकले फागुनको ब्याजरदरमा चैतमा ०.७७६९ विन्दुले घटाएको छ ।

बैंकले फागुनमा निक्षेपको ब्याजदर ६.४४३ प्रतिशत रहेकोमा चैतमा घटाएर ५.६६ प्रतिशत पुर्याएको हो । यस्तै यसै अवधिमा नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर फागुनको तुलनामा घटाएर समान ७ प्रतिशत कायम गरेका छन् ।यता प्राइम कमर्सीयल बैंक र सानिमा बैंकले पनि निक्षेपको ब्याजदर घटाएर समान ७.२५ प्रतिशत कायम गरेका छन् ।

यस अवधिमा फागुनकै यथावत ब्याजदर तोकेका प्रभु र ग्लोबल आइएमई बैंकको ब्याजदर क्रमशः ७.५ प्रतिशत र ७.६ प्रतिशत रहेको छ ।यता एनआइसी एशिया बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याजदर तोकेको छ । फागुनमा ८ प्रतिशत रहेको बैंकको ब्याजदर चैतमा बढ्दै ८.५४८ पुगेको छ ।चैतका लागि भन्दै कुमारी बैंक, लक्ष्मी सनराइज र सिद्धार्थ बैंकले साविकको ब्याजदरमा ०.५ विन्दुले ब्याजदर घटाएका छन् । यता सबैभन्दा बढी नेपाल एसबीआई बैंकले साविकको ब्याजदरमा ठुलो संकुचन गरेको छ ।

बैंकको तथ्यांक अनुसार बैंकले साविकको ब्याजदरमा १.०९ प्रतिशत विन्दुले ब्याजदर घटाएको देखिन्छ । यसरी चैत महिनाका वाणिज्य बैंकहरुको समग्र ब्याजदर ०.९७२ प्रतिशत विन्दुले घटेको देखिन्छ । हाल वाणिज्य बैंकहरुको निक्षेपको औसत व्याजदर ६.८९ प्रतिशत पुगेको छ । फागुनमा यस्तो ब्याजदर ७.८६२ प्रतिशत थियो । यसरी बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदा कर्जाको ब्याजदरमा पनि केहि संकुचन हुने देखिन्छ ।

बैंकहरूले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर 

बैंक फागुनको ब्याजदर चैतको ब्याजदर
कृषि विकास ६.४४३ ५.६६
एभरेष्ट ६.५
नेपाल ७.२५
लक्ष्मी सनराइज ७.५
माछापुच्छ्रे ७.७५
एनआईसी एसिया ८.५४८
प्रभु ७.५ ७.५
स्टान्डर्ड चार्टर्ड ७.३५
राष्ट्रिय वाणिज्य ७.३५
नबिल ७.७५ ७.२५
ग्लोबल आईएमई ७.६ ७.६
सिद्धार्थ ७.५
प्राइम कमर्सियल ७.४ ७.२५
कुमारी ८.०१ ७.५१
सानिमा ७.५१ ७.२५
हिमालयन ८.१५ ७.५
नेपाल एसबीआई ८.१ ७.०१
नेपाल इन्भेष्टमेन्ट
एनएमबी ८.५
सिटिजन्स ८.२५ ७.७५

प्रतिक्रिया दिनुहोस्

Array