२०८१ सालमा बैंक बिदा हुने सूची सार्वजनिक

आर्थिक लाइभ
आर्थिक लाइभ १८ फाल्गुन २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैकले वि.सं. २०८१ सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको उक्त सूचीअनुसार २०८१ सालमा वैशाखदेखि चैतसम्ममा शनिबारबाहेक ३८ दिन बैंक तथा वित्तीय संस्थाहरु बिदा हुनेछन् । यता सरकारले सार्वजनिक गरेको २०८१ सालको बिदा सुचीमा भने ३५ दिन मात्रै सार्वजनिक बिदा हुने सूची राजपत्रमा प्रकाशित गरेको छ । सरकारले दिएको बिदा भन्दा राष्ट्र बैंकले निकालेको सूचीमा ३ दिन बढी बिदा देखिएको छ ।

नयाँ वर्ष, अन्तर्राष्ट्रिय मजदुर दिवस, दशैंमा ५ दिन र तिहारमा ५ दिन पुर्ण रुपमा बन्द हुनेछ । घटस्थापनासहित ६ दिन र तिहारमा ५ दिन बिदा हुने राष्ट्र बैंकले जनाएको छ ।

कूल बिदा हुनेमध्ये २३ दिन भने बैंकहरुले नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएस लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्नेछन् ।

साथै, वर्षभरिको प्रत्येक शुक्रबार आधा दिन र प्रत्येक शनिबार पूर्ण बिदा हुने छ । प्रत्येक शुक्रबार बिहान १० बजेदेखि दिउँसो साढे एक बजेसम्म बैंकिङ्ग कार्यालय खुला हुने छन् भने कारोबार भने साढे १२ बजेसम्म मात्रै हुने छ ।

त्यस्तै, बैशाख १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसमम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकले जनाएको छ । सो अवधिमा बैंकिङ कारोबार भने बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुने छ । १६ कात्तिकदेखि १५ माघसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुने राष्ट्र बैंकले जानकारी गराएको छ ।

३८ बिदामध्ये भोटो जात्रा, इद, बकर इद, सिरुवा पवानी पर्व र मोहम्मद जयन्ती गरेर ५ दिनको बिदा भने क्यालेन्डरमा दिन उल्लेख नगरिकन सरकारले तोकेको दिन बिदा घोषणा हुनेछ । फागु पुर्णिमा स्थान विशेष अनुसार बेग्लाबेग्लै दिन बिदा तोकिएको छ भने घोडेजात्रा र भोटो जात्रामा काठमाडौं उपत्यकामा बिदा हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Array