अध्यागमन विभागका प्रमुखसहित १८ जना विरुद्ध अख्तियारको मुद्धा

आर्थिक लाइभ
आर्थिक लाइभ ६ फाल्गुन २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ सहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । निर्माण कम्पनीलाई काम नै नगरी रकम भुक्तानी गरेको आरोप सहित अख्तियारले अदालतमा उनीहरु विरुद्ध मुद्धा दर्ता गरेको हो ।

अख्तियारले अनियमितताको आरोपमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्याय सहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको जनाएको छ । आयोगले आइतबार विषेश अदालतमा पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा गजेन्द्र ठाकुर लगायतलाई प्रतिवादी बनाउँदै मुद्धा दर्ता गरेको हो ।

अध्यागमन विभागका महानिर्देशक तामाङ बिरुद्ध अख्तियारले ११ करोड ०९ लाख १७ हजार ४ सय ५८ रूपैयाँ बिगो माग दाबी गरेको छ । उनी तत्कालीन अवस्थामा मेलम्ची खानेपानी विकास समितिको सञ्चालक समिति सदस्य हुँदा आर्थिक अनियमितता गरेको अख्तियारले जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भिम उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ बिगो माग दाबी सहित मुद्धा दर्ता गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्द पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १ सय ७८ रूपैयाँ बिगो माग दाबी गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशहकरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कडेल सहित १५ जना नेपाली र तीन विदेशी परामर्शदाता पनि सो अनियमिततामा जोडिएकाले प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array