लुम्बिनी आँखा अस्पताललाई मेडिकल उपकरण खरिदका लागि लुम्बिनी विकास बैंकद्वारा आर्थिक हस्तान्तरण

आर्थिक लाइभ
आर्थिक लाइभ २५ माघ २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं । लुम्बिनी विकास बैङ्क लिमिटेडले लुम्बिनी प्रदेशको रूपन्देही बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई सहयोग गरेको छ । बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशको रूपन्देही बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई ‘माईक्रो कन्ट्रोलर बेस अटो केल्भ होरिजेन्टल मेडिकल उपकरण’ खरिद गर्न १७ लाख ३६ हजार रुपैयाँ रकम सहयोग हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बैङ्कका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई उक्त रकमको चेक हस्तान्तरण गरे ।  अध्यक्ष भट्टराईले अस्पतालमा उपचार सुबिधाका लागि आउने आँखाका बिरामीहरूलाई प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकरण खरिद गर्न गरिमामय संस्थालाई सहयोग गर्न पाउनु खुशीको कुरा रहेको बताए । उक्त कार्यक्रममा बैङ्कका कार्यकारी अधिकृत नरेश सिंह बोहरा, मुख्य प्रबन्धक दिपक खनाल, शाखा प्रमुख लगायत अस्पतालको तर्फबाट पनि विभिन्न पदाधिकारीहरूको उपस्थिती रहको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले बैङ्कले गरेको सहयोगका लागि धन्यवाद दिंदै भविष्यमा पनि आपसी सहकार्यका लागि अपेक्षा रहेको बताए । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैङ्क लिमिटेडको बिभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । यस लुम्बिनी विकास बैङ्क लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरू सहितको सुरक्षित बैङ्किङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैङ्कले बचत निक्षेप खाताहरूमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array