काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले नेपाललाई दोषी ठहर गर्दै एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो । यही प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौंबाट नेपाल र श्रेष्ठलाई सेवाग्राहीसँग लिएको ६ लाख र गाडीमा थप साढे १६ लाख रकमसहित पक्राउ गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्