बैंकहरुले प्रोडक्टमा आधारित कर्जालाई प्राथमिकता दिनुपर्छः अर्थमन्त्री

आर्थिक लाइभ
आर्थिक लाइभ १० माघ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अब बैंकहरुले धितोमा आधारित कर्जा भन्दा पनि उत्पादनमा आधारित कर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले नेपालमा अधिकांश कर्जा धितोमा आधारित भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन बनेको बताए ।
उनले बैंकहरु पनि कर्जा भन्दा बढी धितो लिएर कर्जा लगानी गरेकाले ढुक्क बस्ने गरेको बताए । अर्थमन्त्री महतले बैंकहरुले प्रोडक्टमा आधारित भएर कर्जा दिँदा कर्जा दिन लायक परियोजना भए/नभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने बताए ।

उनले मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९/०८० भन्दा सुधार अवस्थामा पुगेको दाबी गरे । तर आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको भएपनि सरकारले सोचेको जस्तो नभएको स्वीकार गरे । उनले मुलुकको आवश्यकताहरु धेरै तर सरकारसँग साधन स्रोतहरु थोरै भएकाले धेरै आवश्यकताको बीचमा थोरै साधन स्रोत हुँदा प्राथमिकीकरण नपुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्