सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वसांसद इच्छाराज तामाङ दोषी ठहर

आर्थिक लाइभ
आर्थिक लाइभ ७ माघ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । पूर्वसांसद एवं संविधानसभा सदस्य इच्छाराज तामाङ दम्पतीलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज तामाङ र उनकी श्रीमती सिर्जना शाक्य तामाङलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार तामाङ दम्पतीबाहेक सोही मुद्दामा अरु ४ जना पनि दोषी ठहर भएका छन् ।

सिभिल सेभिङ एवं क्रेडिट को-अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा दायर भएको मुद्दामा उनीहरू दोषी ठहर भएका हुन् । सजाय भने यही माघ २१ गतेको इजलास तोक्नेछ ।

तामाङ दोस्रो संविधानसभामा एमालेको तर्फबाट सदस्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array