लुम्बिनी विकास बैंकको वार्षिक साधारणसभाबाट ८.५ प्रतिशत लाभांश अनुमोदन

आर्थिक लाइभ
आर्थिक लाइभ २६ पुष २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बिहीबार १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै शेयरधनीलाई ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयरसहित कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा आव २०७९/८० को वार्षिक प्रतिवेदनउपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले स्पष्ट पारेका थिए।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) स्थापना भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array