सनराइज र लक्ष्मी क्यापिटल मार्केटको एकीकृत कारोबार शुरु

आर्थिक लाइभ
आर्थिक लाइभ २३ पुष २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौं । सनराइज क्यापिटल लि. र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभिई पुस २३ गते सोमबारदेखि एलएस क्यापिटल (LS Capital) को नामबाट एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । माउ कम्पनीहरु लक्ष्मी बैंक र सनराइज बैंकको मर्जरपछि सहायक कम्पनीहरुले पनि आजदेखि एकीकृत कारोबार थालेका हुन् ।

कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछ कुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेको थियो । यससँगै एलएस क्यापिटल नेपालको एक बिशाल मर्चेण्ट बैकिङ्ग कम्पनीका रुपमा एकीकृत कारोबारको शुभारम्भ भएको हो ।

नेपालको पुँजी वजारमा ३ दशक लामो ऐतिहासिक सफलता बोकेको मर्चेण्ट बैंकको एकीकृत चुक्ता पुँजी मर्जर पश्चात ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दाबढी धितोपत्र निष्काशन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्काशन र ५२ वटा सेयर प्रत्याभुति व्यवस्थापन गरिसकेको कम्पनीको रुपमा परिचय बनाउन सफल भएको छ ।

साथै, ३०० जनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको, ९ वटा म्युचुअल फण्ड व्यवस्थापन गरीसकेकोमा हाल १ खुल्लामुखी म्युचुअल फण्ड सहित ७ वटा म्युचुअल फण्ड व्यवस्थापन गर्दै आईरहेको जस अन्तर्गत ७ अरबको सम्पत्ती व्यवस्थापन भईरहेको, एक बिशिष्टीकृत लगानी कोष अन्र्तगत प्राइभेट इक्वीटी भेञ्चर क्यापिटल फन्डको रुपमा १ अर्ब बराबरको लक्ष्मी सस्टेनेबल इनर्जी फन्ड सञ्चालनमा रहेको, ३२ वटा कम्पनीहरुको सेयर रजिष्ट्रारको काम गरिरहेको छ । क्यापिटलमा ३ लाख ३० हजार भन्दा बढी डिम्याट खुलेका छन् ।

दुई कम्पनी गाभिए पश्चात नवीनतम सेवा सुबिधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य क्यापिटलले राखेको छ । एकीकृत कारोबारपछि क्यापिटलले ग्राहकलाई थप सशक्त रुपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ । विगत तीन दशकदेखि पुँजी बजारको उत्थानमा समर्पित मर्चेण्ट बैंकले आफ्ना समस्त ग्राहक वर्गलाई उच्चतम सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

मर्जर पश्चात क्यापिटलमा राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने बिजयलाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन् । साथै, मर्जर पश्चात कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ्ग तथा इन्भेष्टमेन्ट बैंकिङ्ग व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरुको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवाहरुलाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array