नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा निर्वाचित

आर्थिक लाइभ
आर्थिक लाइभ २३ पुष २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा एएनएस क्रियसनका सुदीप थापा निर्विरोध निर्वाचित भएका छन् । आनको २४औं वार्षिक साधारणसभाले थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । उक्त कार्यसमितिको कार्यकाल तीनवर्षे रहेको छ ।

समितिको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएको विज्ञप्तिमा जनाइएको छ । कोषाध्यक्षमा जोइन मिडियाका साजन श्रेष्ठ चुनावी प्रक्रियाबाट निर्वाचित भएको आनले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी सदस्यहरूमा अरुणकाजी स्थापित, रोशन रेग्मी आरसी, सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनीष अधिकारी र प्रभात रिमाल निर्वाचित भएको विज्ञप्तिमा उल्लेख छ । संघको निर्वाचनमा सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको बताइएको छ । संघका पदाधिकारी तथा सदस्यहरुले आइतबार नै शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array