राष्ट्र बैंकले सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

आर्थिक लाइभ
आर्थिक लाइभ २२ पुष २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस २४ गते मंगलबार जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

कूल ट्रेजरीमध्ये ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गरेर बाँकी रहेको १४ अर्ब रुपैयाँ पुरानै ट्रेजरी नवीकरण गरिने बैंकले जनाएको छ । बैंकको सूचना अनुसार ९१ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि ३ अर्ब नयाँ र ६ अर्ब रुपैयाँ पुरानो ट्रेजरी ९ अर्ब रुपैयाँ छुट्याइएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी नवीकरणका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले पुस १६ गते २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array