राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र २०७९ मा संशोधन, के–के भए नयाँ व्यवस्था ?

आर्थिक लाइभ
आर्थिक लाइभ १३ पुष २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘एकीकृत परिपत्र २०७९’ संशोधन गरेकोे छ । बिहिबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको ‘एकीकृत परिपत्र २०७९’ मा संशोधन गरेको हो ।

संशोधित परिपत्रले पटक–पटक गरी एउटै निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात ६० हजार अमेरिकी डलरको सीमाभित्र रहने भएमा सात दिन व्यतीत हुन अनिवार्य नहुने व्यवस्था गरेको छ ।

त्यस्तै, पटक–पटक गरी एउटै निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात अमेरिकी डलर ६० हजार (भारतको हकमा भारतिय रुपैयाँ तीन करोड) को सीमाभित्र रहने भएमा सात दिन व्यतीत हुन अनिवार्य नहुने व्यवस्था थप गरेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा जानेको हकमा अधिकतम अमेरिकी डलर ५००, अन्य मुलुक जानेको हकमा अधिकतम अमेरिकी डलर २०० सटही सुविधा सटहीपाउने व्यवथा गरिएको छ । यसअघि भने, २०० अमेरीकी डलर साटही सुविधा रहेको थियो ।

सुन बिक्रेता वाणिज्य बैंकमा सुन खरिद गर्ने व्यवसायीको बैंक खाता नभएता पनि अन्य बैंक तथा वित्तीय संस्थामा भएको निजको खाताबाट भुक्तानी हुने भएमा सम्बन्धित वाणिज्य बैंकले सुन बिक्रीको व्यवस्था मिलाउनु पर्ने प्राबधान थप गरेको छ ।

त्यसैगरी, भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा अधिकतम अमेरिकी डलर १ हजार ५०० सम्म पुर्याइएको छ । जुुन यसअघि १ हजार मात्रै थियो । विप्रेषण कम्पनी मार्फत्सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने दैनिक २० लाखसम्म ९एकपटक वा पटक पटक० को विप्रेषण रकम ल्याउन सकिने व्यवस्था गरेको छ । जुन यसअघि १५ लाख मात्रै रहेको थियो ।

नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशबाट प्राप्त हुने रकम सम्बन्धित वेनेफिसियरीको बैंक खातामा जम्मा गर्ने गरी रकम ल्याउन सकिने छ । तर, समाज कल्याण ऐन, २०४९ बमोजिमका सामाजिक संघ संस्थाले भित्र्याउने रकमको हकमा भने प्रचलित कानुनबमोजिम समाज कल्याण परिषद्लाई गराइएको पूर्व जानकारी वा पूर्व स्वीकृति समेत आवश्यक पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array