बजेट निर्माणको परिपाटी नै परिमार्जन गर्नेदेखि कार्यशैली बदल्नेसम्म प्रधानमन्त्रीको उद्घाेष (पूर्णपाठसहित)

आर्थिक लाइभ
आर्थिक लाइभ १० पुष २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने घोषणा गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले आफ्नो कार्यशैली परिवर्तनदेखि आर्थिक रुपमा क्रान्ति ल्याउनेसम्म बताएका हुन् । उनले अगामी नीति तथा कार्यक्रम, बजेटको पूर्वतयारी फरक ढङ्गबाट गर्ने बताए ।

आगामी बजेट नयाँ ढङ्गबाट ल्याउने पनि घोषणा गरे । प्रधानमन्त्री दाहालले आफ्नो हुटहुटी अनुसार सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्। दाहालले भने, ‘म देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन। तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन।’ बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी रहेका पूर्वाधारको चिन्तामा रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्