मंसिरमा आयात निर्यात दुवै घट्यो

आर्थिक लाइभ
आर्थिक लाइभ ८ पुष २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । मंसिर महिनामा आयात निर्यात दुवै घटेको छ। भन्सार विभागले सार्वजनिक गरेको मंसिर महिनाको तथ्याङ्क अनुसार आयात निर्यात दुवै घटेको देखिएको हो।

विभागका अनुसार मंसिरसम्म ६ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको आयात भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशत कम हो। गत वर्ष सोही अवधिमा ६ खर्ब ६४ अर्ब रुपैयाँ बरावरको आयात भएको थियो।

यसैगरि निर्यातमा पनि धक्का लागेको छ। विभागका अनुसार मंसिरसम्म ६३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ६.०९ प्रतिशतले कम हो। गत वर्य सोही अवधिमा ६७ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो।

आयात निर्यात दुवै घट्दा व्यापार घाटामा भने थोरै सुधार देखिएको छ। मंसिरसम्म व्यापार घाटा पाँच खर्ब ७९ अर्ब रुपैयाँमा झरेको छ। गत वर्ष सोही अवधिमा पाँच खर्ब ९७ अर्ब रुपैयाँ व्यापार घाटा रहेको थियो। जुन ३.०३ प्रतिशतले घटेको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा छ। आयात घट्दै गर्दा मुलुकले प्राप्त गर्ने राजस्वमा समेत धक्का लागेको छ। अर्को तर्फ निर्यात घट्दै जाँदा उल्लेख्य रुपमा व्यापार घाट कम गर्न सघाउ पुगेको छैन।

प्रतिक्रिया दिनुहोस्

Array