३० संस्थाले एकैदिन बुझाए ११ अर्ब तीन करोड कर

आर्थिक लाइभ
आर्थिक लाइभ २९ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । ठूला करदाता कार्यालयले मर्जर, प्राप्ति र एफपिओको लाभबाट हुने लाभकर अन्तर्गत एकैदिन ११ अर्ब तीन करोड रुपैयाँ राजस्व प्राप्ति गरेको छ। कार्यालय प्रमुख जनक शर्माका अनुसार शुक्रबारमात्रै ३० वित्तीय संस्थाले ११ अर्ब तीन करोड कर बुझाएका हुन्।

आइपिओ वा एफपिओबाट उठाएको पैसा पुँजी भएको तर लाभ नभएको जिकिर गरेका बैंकहरूले जरिवाना र ब्याजबाट बच्नको लागि शुक्रबार यस्तो कर बुझाउन थालेका हुन्।

मंसिर मसान्तसम्म यस्तो रकम दाखिला गरे ब्याज र जरिवाना नलाग्ने सुविधा दिइएको छ। यस कारण कम्पनीहरूलाई शनिबारसम्म यस्तो रकम बुझाइ सक्नुपर्ने बाध्यता छ। मंसिर मसान्तभित्र कर तिर्दा मर्जर तथा प्राप्तिबाट भएको लाभ र सेयर प्रिमियमबाट भएको लाभको आधारमा मात्रै कर तिरे पुग्छ। ब्याज र जरिवाना तिर्नु पर्दैन। तर यो समयसम्म कर नबुझाएमा जरिवाना र ब्याजका कारण दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अनुमान गरिएको छ।

आइपिओ वा एफपिओबाट उठाएको पैसा पुँजी भएको तर लाभ नभएको जिकिर गरेका १६ बैंकहरूले हालेको रिट शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजालसले खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array