काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले ८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ४ प्रतिशत र नगद ४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।





प्रतिक्रिया दिनुहोस्