मूल्यवृद्धि अझै उच्च

आर्थिक लाइभ
आर्थिक लाइभ २० मंसिर २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशमा मूल्यवृद्धि अझै उच्च रहेको जनाएको छ । प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठकमा पेस गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोटमा राष्ट्र बैंकले भनेको छ,‘२०८० असोजको मूल्यवृद्धि ७५ प्रतिशत रहेको छ । जुन २०७९ असोजभन्दा १ प्रतिशत बिन्दुले हो । तर मौद्रिक नीतिले लिएको ६.५ प्रतिशतको लक्ष्यभन्दा केही बढी हो ।’

खासगरी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० असोजमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८.४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८ प्रतिशत रहेको छ । भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा राष्ट्र बैंकको छ ।

चालु आर्थिक वर्षमा पर्यटन आगमन र रेमिट्यान्स उल्लेख्य रुपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न सुरु गरेकोले ४ देखि ५ प्रतिशत आर्थिकवृद्धि हुने आँकलन पनि राष्ट्र बैंकले गरेको छ । तर युवाहरु विदेशिने क्रम बढेकोले आन्तरिक मागमा गिरावट आएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array