काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । यो दिनको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । साताको पहिलो दिन आइतबार पहेंलो धातु सुनको भाउ बढेको छ।

यो दिन तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन १ लाख २० हजार ८००रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजारमा रुपैयाँमा कारोबार थियो ।यसैगरी यो दिन तेजावी सुन तोलामा १ लाख २० हजार २००रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्