काठमाडौं । । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत वा त्योभन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरेका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकहरुले नियमविपरीत ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताएका हुन् ।

राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको चार अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गराएको पनि जानकारी दिए । बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरुलाई उनको आग्रह छ ।
गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र संरचनागत हिसाबले समस्यामा रहेको पनि बताए । उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएकोमा जोड दिए ।




प्रतिक्रिया दिनुहोस्