काठमाडौं । यो वर्षको बैंक अफ दि इयरको अवार्ड प्रभु बैंकले पाएको छ । बेलायतबाट प्रकाशित हुने फाइनान्सियल टाइम्सको सहप्रकाशन दि बैंकरले २०२३ को बैंक अफ दि इयरको अवार्ड प्रभु बैंकलाई प्रदान गरेको हो ।

बिहीबार बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले लण्डनमा आयोजित एक कार्यक्रममा अवार्ड ग्रहण गरे ।

अवार्ड ग्रहण पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त अवार्डले प्रभु बैंकले दिने सेवा प्रवाह विस्तारमा थप सहयोग पुग्ने बताएका छन् । प्रभु बैंक फाइनान्सबाट स्तरउन्नत्ति हुँदै वाणिज्य बैंक बनेको बैंक हो ।




प्रतिक्रिया दिनुहोस्