कृषि जनसंख्यामा महिलाको हिस्सा ३४.४ प्रतिशत

आर्थिक लाइभ
आर्थिक लाइभ १४ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपालको कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत रहेको कृषि जनगणनाले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार ललितपुरमा दिगो विकास लक्ष्यको सूचक ५.ए.१ सम्बन्धी राष्ट्रिय कृषिगणनाबाट प्राप्त नजिता सार्वजनिक गर्दै कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने नेपालको जम्मा कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत रहेको जनाएको हो।

प्रदेशगत रुपमा सबभन्दा बढी गण्डकी प्रदेशमा ३८ दशमलव ५ र सवैभन्दा कम कर्णाली प्रदेशमा २८ दशमलव ७ प्रतिशत रहेको तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायाले जानकारी दिए।

कृषिगणनाको नतिजाले ६२ प्रतिशत घरपरिवार कृषिकार्यमा संलग्न रहेको देखाएको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार कृषि परिवारमा रहेका कूल वस्यकपुरुषमध्ये ४२ दशमलव ९ प्रतिशत वयस्क पुरुषको कृषि जग्गामा स्वामित्व रहेको छ भने महिलाको हकमा उक्त प्रतिशत २० दशमलव ८ प्रतिशत मात्रै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array