ट्रेजरी बिलको ब्याजदर १.७५ प्रतिशत

आर्थिक लाइभ
आर्थिक लाइभ १३ मंसिर २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदर १.७५ प्रतिशतले घटेको छ । मंगलबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको सबैभन्दा सस्तो ब्याजदरमा ट्रेजरी बिल बिक्री गर्दै आन्तरिक ऋण उठाएको हो । चालु आर्थिक वर्षमा सरकारले पहिलो पटक २ प्रतिशतभन्दा न्यून ब्याजदरमा ट्रेजरी बिल गर्दै आन्तरिक ऋण उठाएको छ ।

यस्तै, राष्ट्र बैंकले १८२ दिनको ट्रेजरी बिल औषतमा ३.८७ प्रतिशत गर्दै सरकारलाई ६ अर्ब रुपैयाँ र ३६४ दिनको ट्रेजरी बिल औषतमा ४.६२ प्रतिशत ब्याजदरमा बिक्री गर्दै सरकारलाई ७ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको हो । गत साउन २ गते २८ दिनको ट्रेजरी बिल औषतमा ४.१६ प्रतिशत, ९१ दिनको ट्रेजरी बिल औषतमा ५.१८ प्रतिशत ब्याजदरमा बिक्री गर्दै सरकारले आन्तरिक ऋण उठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array