गरिमा विकास बैंक १७ औं वर्षमा

आर्थिक लाइभ
आर्थिक लाइभ ७ मंसिर २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौं । गरिमा विकास बैंकले स्थापनाकालको १६औं बर्ष पूरा गरी १७औं बसन्तमा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ ।

पछिल्लो समयमा प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस विकास बैंकले ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब ६८ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पुर्‍याइरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर प्रगति गर्न सफल भएको छ ।

बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा एक सय २३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको जनाएको छ ।

बैंकले आयोजना गरेका १७ कार्यक्रम

१. रक्तदानः विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १०९ युनिट रगत संकलन भएको छ ।

२. रक्तदानः विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट १५२ युनिट रगत संकलन भएको छ ।

३. रक्तदानः विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १०५ युनिट रगत संकलन भएको छ ।

४. गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, म्याग्दीमा न्यानो कपडा वितरण

५. श्री शिवपार्वती वृद्धाश्रम तथा बहुद्देश्यीय संस्था, स्याङ्जामा न्यानो कपडा वितरण

६. गुरुकुल वृद्धाश्रम स्याङ्जामा न्यानो कपडा वितरण

७. झापाको बिर्तामोड नगरपालिकाका सबै वडाका लागि डस्टबिन हस्तान्तरण

८. भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबिन हस्तान्तरण

९. श्री जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीका लागि स्कुल ब्याग वितरण

१०. अनाथ तथा असहाय महिला कल्याण समाज, रुपन्देहीको अनाथ आश्रममा आवश्यक इन्भर्टर हस्तान्तरण

११. प्रशान्ति वृद्धाश्रम केन्द्र (सुर्खेत)लाई आवश्यक बेड हस्तान्तरण

१२. ट्राफिक व्यवस्थापनलाई थप सहजीकरण हेतु क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना

१३. वित्तीय जागरुकताका लागि नेसनल इन्फोटेक कलेज, वीरगन्जमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

१४. सेती प्रादेशीक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण

१५. काठमाडौंको बूढानीलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण

१६. नेपाल प्रहरी अनाश्रित गुल्म, सुन्धारालाई भिजिटर कुर्सी हस्तान्तरण

१७. अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण

प्रतिक्रिया दिनुहोस्

Array