टिकटक बन्द गर्ने निर्णयविरुद्धका रिट हेर्न नभ्याइनेमा

आर्थिक लाइभ
आर्थिक लाइभ ४ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सोमबार सुनुवाइ नहुने भएको छ। न्यायाधीश कुमार चुडालको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ भएपछि आजको सुनुवाइ सरेको हो।

सरकारले टिकटकमा प्रतिबन्द लगाउने निर्णय गरेपछि सर्वाेच्च अदालतमा गत शुक्रबार १० वटा रिट परेका थिए । उक्त रिटमाथि सोमबार सुनुवाइ गर्न पेसी तोकिएको थियो ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको थियो । तर, न्यायाधीश डा कुमार चुडाल संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि हेर्न नभ्याउने सूचीमा परेका हुन् ।

सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array