शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

आर्थिक लाइभ
आर्थिक लाइभ २४ कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आ.व.को नाफाबाट लाभांश घोषणा गरेको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आ.व.को नाफाबाट लाभांश घोषणा गरेको हो। बैंकले गत आ.व.को नाफाबाट १०.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बैंकले मंसिर २३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ। सभा प्रयोजनका लागि बैंकले मंसिर ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array