एभरेष्ट बैंकको अध्यक्षमा बालगोपाल वैद्य नियुक्त

आर्थिक लाइभ
आर्थिक लाइभ २४ कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । बैंकको ३६० औं सञ्चालक समितिको बैठकले समिति सदस्य रहँदै आएका वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो ।
वैद्यले शुक्रबार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । तत्कालीन अध्यक्ष बीके (विष्णुकृष्ण) श्रेष्ठको ७ कात्तिकमा निधन भएपछि बैंकको अध्यक्ष पद रिक्त थियो । बीके श्रेष्ठले २०५२ देखि निरन्तर बैंकको अध्यक्ष पद सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्