एभरेस्ट बैंकद्वारा भूकम्पपीडितलाई २५ लाख सहयोग

आर्थिक लाइभ
आर्थिक लाइभ २२ कार्तिक २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भूकम्प पीडितलाई २५ लाख सहयोग गरेको छ। कात्तिक १७ गते (शुक्रबार) राति जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले बैंकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ।
उक्त रकमबाट भुकम्प प्रभावितहरुको राहत र उद्धारमा थोरै भएपनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array