ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

आर्थिक लाइभ
आर्थिक लाइभ २१ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । ग्लोबल आईएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् । बैंक सञ्चालक समिति बैठकले आइतबार पोखरेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ ।
वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पोखरेल यसअघि आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा थिए ।

नेपालको सबैभन्दा ठूलो बैंकमा पुनः आबद्ध भई काम गर्ने अवसर प्राप्त गरेकामा नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले खुसी व्यक्त गरे । बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने उनको भनाइ छ । मुलुकका ७७ जिल्लामा ग्लोबल आईएमई बैंकको शाखा सञ्जाल छ ।

प्रतिक्रिया दिनुहोस्

Array