स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकको १० करोड डलर ऋण

आर्थिक लाइभ
आर्थिक लाइभ १६ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । विश्व बैंकले नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १० करोड अमेरिकी डलर बराबरको सहूलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
यसका साथै नेपालमा स्वास्थ्य सेवाको आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ) बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान विश्व बैंकले दिने भएको हो ।
गत कात्तिक १० मा विद्युतीय हस्ताक्षर सम्पन्न भएको सो सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थ सचिव डा. कृष्णहरि पुष्कर र माल्दिभ्स र विश्व बैंकका तर्फबाट नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरेका थिए । आज सो हस्ताक्षरित वित्तीय सम्झौता आदानप्रदान भएको छ । नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना हो ।

सम्झौताहरू अर्थमन्त्री डा.प्रकाशशरण महत, विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे र दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा आदानप्रदान गरिएको थियो । सम्झौतापत्र आदानप्रदान गर्दै अर्थसचिव कृष्णपुष्कर भन्छन्, “गुणस्तरीय स्वास्थ्य सेवा मानव पूँजी विकासको आधारशीला हो ।

प्रतिक्रिया दिनुहोस्

Array