महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग प्रदान

आर्थिक लाइभ
आर्थिक लाइभ १६ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्किड गार्डेन नेपाल परियोजनालाई सफल बनाउन राउण्ड टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरूको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित उक्त संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो।
विगत १७ वर्षदेखि पिछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पुर्‍याउने उद्देश्यले बैंकले ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको हो।

विद्यालय ग्राउन्ड सतहभन्दा करिब ४ फिट तल रहेको, वर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय सुधारका लागि सूचना समेत आइसकेकोले आर्किड गार्डेन नेपाल परियोजना अन्तर्गत रहि विद्यालय सुधार गर्न लागिएको हो।
६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकाहरूलाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधारपछि करिब २०० जना बालबालिकालाई सेवा प्रदान गरिरहेको छ।

आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ।
विगतदेखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरूको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array