डिजेल र मट्टीतेलको मूल्य घट्यो

आर्थिक लाइभ
आर्थिक लाइभ १४ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुनेछ ।

निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्