२५.५६ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा खाता

आर्थिक लाइभ
आर्थिक लाइभ १३ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा एक जनाको बैंक तथा वित्तीय संस्थामा खाता रहेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयकाे तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात् २५.५६ प्रतिशत व्यक्तिको कम्तिमा एउटा खाता रहेको पाइएको छ।

कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत पुरूषकाे बैंक तथा वित्तीय संस्थामा खाता रहेकाे छ । यसैगरी, कुल एक करोड ४९ लाख ११ हजार २७ जना महिला रहेका मध्ये २४.७४ प्रतिशतको एउटा खाता रहेको छ ।

तथ्यांक अनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात् १२.५५ प्रतिशत परिवारमा कम्तीमा एक जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएका छन् । यसरी, १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात ५.६७ प्रतिशत व्यक्तिले सो तालिम लिएको जनाइएको छ ।

नेपालका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको पाइएको छ । सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको देखिन्छ

प्रतिक्रिया दिनुहोस्

Array