कुमारी बैंकको दशैं क्यास व्याक तथा दक्षिणा योजना, यस्तो छन् विशेषता

आर्थिक लाइभ
आर्थिक लाइभ २ कार्तिक २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘बडा दशैँ दक्षिणा’ र क्यास व्याक योजना लाई थप समयको लागि निरन्तरता दिएको छ। कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैँ दक्षिणा’ र क्यास व्याक योजना लाई थप समयको लागि निरन्तरता दिएको हाे।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडको क्यास व्याक योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०-५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैँया सम्म क्यास व्याक दिइने छ । क्यास व्याक रकम पीओएस,क्यूआर पेमेण्ट तथा अनलाइन पेमेण्टबाट गरीने कारोबारमा प्रदान गरिनेछ ।

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखी कातिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ ।

साथै, कुमारी बैंक लिमिटेडले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित क्यास व्याकसँगै ‘बडा दशंै दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्फत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकहरुलाई बैंकद्वारा ५० क्यास व्याक दिइने जनाएको छ । क्यास व्याकका लागि योग्य हुन न्युनतम कारोबार १०० हुनुपर्नेछ ।

माथि उल्लेखित दुवै अफरहरु विहान ८ बजे देखि राति ११ः ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array