वाणिज्य बैंक र विकास बैंकहरुले घटाए ब्याजदर

आर्थिक लाइभ
आर्थिक लाइभ ३० आश्विन २०८०, मंगलवार
4 Min Read
Aa

काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैंकहरुले नयाँ ब्याजदर घटाएर प्रकाशित गरेका हुन् ।

कात्तिक महिनाका लागि १४ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने दुई वटा बैंकले ब्याजदर बढाएका छन् । यस्तै चार वटा वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन् ।

ब्याजदर यथावत राख्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् । यी बैंकहरुले असोज महिनाका लागि तोकिएको ब्याजदर कायम राख्ने भएका हुन् । तर, एनएमबि बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन् ।

एनएमबि बैंकले कात्तिकका लागि १.०१३ प्रतिशत ब्याजदर बढाएको छ । यस बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै नेपाल एसबिआई बैंकले ०.७ प्रतिशत बढाएर ब्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर पुर्याएको छ ।

एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतले भने ब्याजदर घटाएका छन् । कात्तिक महिनाका लागि एभरेष्ट बैंकले १.८३ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर कायम गरेको छ । साथै प्राइम कमर्सियल बैंकले ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत, नबिल बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर कायम गरेको छ भने प्रभु बैंकले ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल आइमई बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत कायम गर्दा कृषि विकास बैंकले ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर तोकेको छ ।

सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत ब्याजदर तोकेको छ भने कुमारी बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ ।

हिमालयन बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत, नेपाल बैंकले ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत, एनआईसी एशिया बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
राष्ट्रियस्तरका विकास बैंकले पनि कात्तिक महिनाको लागि ब्याजदर घटाएका छन् । कात्तिक महिनाको लागि राष्ट्रियस्तरका सबै विकास बैंकहरुले मुद्दती निक्षेपमा औसत १०.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन ।

विकास बैंकले  ब्याजदर घटाए

कात्तिक महिनाको लागि ९ वटा विकास बैंकले नै ब्याजदर घटाएका छन । गरिमा विकास बैंकले आफ्नो ब्याजदर ०.७५ प्रतिशत घटाएर कात्तिकको लागि १०.२५ प्रतिशत ब्याजदर दिने भएको छ । असोजमा बैंकको ब्याजदर ११ प्रतिशत रहेको थियो ।

यसैगरी, ज्योति विकास बैंकले पनि कात्तिकको लागि ०.७५ प्रतिशत ब्याजदर घटाएर ११ प्रतिशत ब्याजदर दिने जानकारी दिएको छ । कामना सेवा विकास बैंक, लुम्बिनि विकास बैंक, महालक्ष्मी विकास बैंक, मुत्तिनाथ विकास बैंक, सांग्रिला विकास बैंक कर्णाली विकास बैंकले कात्तिक महिनाको लागि ०.७५ प्रतिशतले आफ्नो ब्याजदर घटाएका हुँन ।

यता करर्पोरेट विकास बैंकले भने कात्तिक महिनाको लागि ०.२० प्रतिशतले मात्र ब्याजदर घटाएको छ । कात्तिक महिनाको लागि सबैभन्दा धेरै निक्षेपको ब्याजदर भएको विकास बैंक लुम्बिनि विकास बैंक र कर्पोरेट विकास बैंक रहेका छन् । यी दुई बैंकको निक्षेपको ब्याजदर कात्तिक महिनाको लागि १२ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंकिङ च्यानलमा ५८ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसैगरी, बैंकिङ च्यानलबाट हालसम्म ४९ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) ८१.८१ मा रहेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुको सिडि रेसियो ९० प्रतिशतभन्दा माथि पुर्याउन नपाउने व्यवस्था गरेको छ । यसर्थ अहिले बैंकिङ प्रणालीमा प्रयाप्त रुपमा लगानी योग्य रकम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array