बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशित गर्ने समय १० दिन थप

आर्थिक लाइभ
आर्थिक लाइभ ३० आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक (निफ्रा) लाई पनि काउन्टरसाइकल बफरका लागि बाध्यकारी बनाएको छ । केन्द्रीय बैंकले सोमबार एक निर्देशन जारी गर्दै ०.५ प्रतिशत काउन्टरसाइकल बफर मेन्टेन गर्न भनेको हो ।
यसअघि यस्तो व्यवस्था थिएन । आर्थिक वर्ष २०८०/८१ भित्र समय सीमा नै तोकेर काउन्टरसाइकल बफरको सीमा कायम गर्न केन्द्रीय बैंकले निर्देशन जारी गरेँसगै निफ्रालाई प्राथमिक पुँजी वृद्धिमा चाप परेको छ ।
यस्तै, बैंकको कर्जा लगानीको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्ने सुविधासहित ऋणीको व्यक्तिगत स्थायी नम्बर (प्यान) राख्न समेत बैंकले निफ्रालाई निर्देशन गरेको छ ।
पूर्वाधार विकास बैंकले होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, इँटा/ब्लक, पाईप्स् एण्ड फिटिक्स् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिलो, भूकम्प जस्ता प्राकृतिक/दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी बाँकी कर्जाको पुनरतालिकीकरण/पुनरसंरचना गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array