सरकारले १९ अर्बको ट्रेजरी बिल्स नवीकरण गर्दै

आर्थिक लाइभ
आर्थिक लाइभ २६ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । सरकारले लिएको पुरानो आन्तरिक ऋण भुक्तान गर्न नसक्ने भएपछि आगामी सोमबार नवीकरण गर्ने भएको छ । सरकारले ९१ र १८२ र ३६४ दिने अवधिमा १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरण गर्न लागेको हो ।

सरकारका लागि नेपाल राष्ट्र बैंकले असोज २९ गते सोमबार उक्त ट्रेजरी नवीकरणका लागि बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन अवधिको ७ अर्ब ७० करोड, १८२ दिन अवधिको ५ अर्ब र ३६४ दिने अवधिको ६ अर्ब रुपैयाँ ट्रेजरीको बोलकबोल गर्न लागेको हो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्र बैंक तथा वित्तीय संस्था सहभागि हुन सक्छन् ।

यसभन्दा अघि केन्द्रीय बैंकले असोज २२ गते पनि ९१, १८२ र ३६४ दिने अवधिको ट्रेजरी नवीकरण गरेको थियो । उक्त नवीकरण बोलमा ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ४.३३६१ प्रतिशत कायम भएको थियो । त्यसैगरी १८२ दिनेको औसत डिस्काउन्ट रेट ५.१९६४ र ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ५.२३५० प्रतिशत कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array