शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव

आर्थिक लाइभ
आर्थिक लाइभ २४ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्ने विकास बैंकहरुमध्ये शाइन रेसुंगा पहिलो छ।

बैंकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १०.५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७.३८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ रुपैयाँबराबरको नगद लाभांश छन्।
बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ७२ लाख ७९ हजार ५७२ रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array