घरजग्गाको व्यवसायमा लाइसेन्स अनिवार्य गरिँदै

आर्थिक लाइभ
आर्थिक लाइभ २३ आश्विन २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौं । घरजग्गाको व्यवसायिक कारोबार गर्नेहरुले अनिवार्य रुपमा अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था ल्याउन लागिएको छ।

सरकारले पेस गरेको सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने केही नेपाल ऐन संशोधन विधेयकलाई संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले परिमार्जनसहित पारित गरेको छ । सोही विधेयकमा घरजग्गाको कारोबारलाई व्यवस्थित गर्न लाइसेन्सको व्यवस्था गर्न लागिएको हो।

घरजग्गा कारोबारीले दिएको निवेदनका आधारमा पाउने अनुमतिपत्रको मान्यता ५ वर्षका लागि हुनेछ।

प्रतिक्रिया दिनुहोस्