कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

आर्थिक लाइभ
आर्थिक लाइभ २२ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/ ५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ रुपैयाँसम्म क्यास ब्याक दिइने छ । क्यास ब्याक रकम पीओएस, क्युआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ ।

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ देखि कार्तिक ५ गतेसम्म लागु हुने जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरूसहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्