माछापुच्छ्रे बैंकको एक अर्ब ४३ करोड लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन

आर्थिक लाइभ
आर्थिक लाइभ १८ आश्विन २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बिहीबार सम्पन्न भएको पच्चीसौं वार्षिक साधारण सभाबाट १ अर्ब ४३ करोड ६० लाख १ हजार ७८१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

होटल पोखरा ग्राण्ड पोखरामा बिहीबार सम्पन्न भएको सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफबाट चुक्ता पुँजीको १४ प्रतिशत बराबरको लाभांश वितरणको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । जसमअनुसार बैंकले चुक्ता पुँजीको १३.३० प्रतिशत १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.७० प्रतिशतले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

साथै साधारण सभाले माछापुच्छ«े बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने-गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । सभाले वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०-८१ को लागि जि.पि.राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले सभामा बोल्दै नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको र अर्थपूर्ण मर्जरका लागि सकारात्मक रही सोही बमोजिम छलफलहरु गर्दै आइरहेको बताए । डा.महतोले देशको आर्थिक स्थितीलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान पुर्‍याउने उद्धेश्यका साथ सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई बैंकले प्राथमिकतामा राख्दै उल्लेख गरे । यस्तै सेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको उनको भनाई थियो ।

बैंक सञ्चालक समितिका सदस्यहरु मुकुन्द महत र जयमुकुन्द खनालले आ–आफ्नो मन्तव्य राख्दै बैंकले आफ्नो आन्तरिक तथा बाह्य लेखापरिक्षण कार्यलाई नियमित बनाई बैंकको वित्तीय अवस्थालाई थप पारदर्शी बनाएकोमा खुसी ब्यक्त गर्दै सञ्चालक समितिको आगामी दिनमा यस्ता कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रति सेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । हाल बंैकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको छ ।

बैंकले हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटीएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array