मुद्दती खाता खोल्दा प्यान अनिवार्य

आर्थिक लाइभ
आर्थिक लाइभ १८ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । अब ५० लाखभन्दा बढी निक्षेपका लागि मुद्दती खाता खोल्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य उल्लेख गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ संशोधन गरी ५० लाखभन्दा बढीको मुद्दती निक्षेप राख्दा प्यान अनिवार्य गरेको हो ।

संशोधित व्यवस्थाअनुसार इजाजतपत्र प्राप्त संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाखभन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array