डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको सुझाव

आर्थिक लाइभ
आर्थिक लाइभ १६ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाडपर्वमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्न सुझाएको छ । राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्दा नोटको आवश्यकता नहुने बताएको छ ।

बैंकले डिजिटल भुक्तानीका साधनहरुको प्रयोग गर्दा आफैं उपस्थित भई लाइन बस्ने झन्झट नहुने र खातामा सिधै भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको बचतसमेत हुने सुझाब दिएको हो ।

डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनको लागि कसलाई भुक्तानी गरेको हो सोमा सावधानी पुयाउनुपर्ने दायित्व सम्बन्धित व्यक्तिको नै हुने भएकोले बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानीको प्रयोजनलगायतका विवरण यकिन गरेर मात्र कारोबार गर्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्