दसैँ, तिहार, छठलाई लक्षित गर्दै ‘आईएमई पे’ले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार

आर्थिक लाइभ
आर्थिक लाइभ १४ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । डिजिटल वालेट ‘आईएमई पे ले आउँदै गरेको राष्ट्रिय चाड दसैँ, तिहार तथा छठलार्ई लक्षित गर्दै ‘आईएमई पे डिजिटल दसैँ तिहार’अभियान सार्वजनिक गरेको छ।
असोज १४ गतेदेखि सुरु भई मङ्सिर ३ गते सम्म चल्ने ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले विभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन्।
त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्। अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु ५० हजार बराबरको सपिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्।

यस सँगै आईएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आईएमई पेका सीईओ प्रविन रेग्मीले बताए।

यस अफर सम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरु आईएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्

Array