सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

आर्थिक लाइभ
आर्थिक लाइभ १३ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो।

पछिल्लो समय मणिपाल-पोखरा, माडी-चितवन, हेटौंडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो।

सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिब डा दिपेन्द्ररमण श्रेष्ठ र ‘स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’का संयोजक डा शेसराज घिमिरेले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्