बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यास २१५ ले मूल्य वृद्धि

आर्थिक लाइभ
आर्थिक लाइभ १३ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको भाउमा भारी वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आए पछि ग्यास सहित डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको निगमले जनाएको छ।

निगमले खाना पकाउने ग्यास सिलिन्डरमा २ सय १५ रुपैयाँ मूल्य बढाएको छ। अब ग्यासको मूल्य २१ सय १० रुपैयाँ पुगेको छ। त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ, पेट्रोलको प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ८ रुपैयाँ बढाएको हो।

अब डिजेल र मट्टितेल लिटरको १ सय ७९ रुपैयाँ, पेट्रोल १ सय ८५, हवाई इन्धनको १ सय ४४ कायम भएको छ। बढेको मूल्य आइतबारबाट नै कार्यान्वयनमा आउने छ। आइओसीबाट नयाँ खरिद मूल्य बढेर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य बढाएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्