मनाङको स्याउबाट बनेको ‘मनाङ भ्याली वाइन’ सार्वजनिक

आर्थिक लाइभ
आर्थिक लाइभ १२ आश्विन २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । मनाङका लोकल किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ। कलाकार स्वस्तिमा खड्का लगायत अन्य पत्रकारहरूको उपस्थितीमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो। अहिलेसम्म काठमाडौं उपत्यकामा मात्र लन्च हुने गरेकोमा मनाङ बेभरेजले भने ३ हजार ५ सय मिटरको उचाइमा रहेको साब्जे लेकमा पत्रकारहरूलाई निमन्त्रणा गर्दै आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो। यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा सार्वजनिक गरिएको उत्पादन हो।

‘हिमालयको शुद्धता र मौलिकपनाबाट प्रभावित भएर हामीले मनाङ भ्याली वाइन बजारमा ल्याएका छौँ। स्थानीय स्तरमा उत्पादित स्याउहरूबाट अत्याधिक प्रविधि प्रयोग गरी तयार गरिएको मनाङ भ्याली वाइन तपाईंहरू माझ ल्याउन पाउँदा हामी उत्साहित छौँ,’ लन्चमा बोल्दै मनाङ बेभरेजका डाइरेक्टर आश्रय रंजितकारले भने, ‘विदेशी वाइन चाख्ने बानी परेका नेपाली उपभोक्ताहरुले नेपाली स्वादको वाइन पक्कै पनि मन पराउनुहुनेछ भन्ने हामीलाई विश्वास छ।’
स्थानीय किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइनको स्वाद पनि राम्रो रहेको कम्पनीले जानकारी दिएको छ। मनाङ भ्याली वाइनले पर्यटकीय गन्तव्यको रुपमा मात्र चिनिएको मनाङ भ्यालीलाई एउटा अलग पहिचान प्रदान गर्दै मनाङको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गर्ने कम्पनीको दाबी छ।

मनाङ भ्याली वाइनको आगमनले स्थानीय रूपमा उत्पादित सामाग्रीहरूको प्रयोगबाट नै विश्वस्तरीय उत्पादन बनाउन सकिन्छ भन्ने कुराको पनि उत्कृष्ट उदाहरण दिएको छ। ‘मनाङ भ्याली वाइन वास्तवमै गज्जब स्वदको छ। यसको हरेक सिपमा हिमालयको शुद्धता र मौलिकपनाको आभास हुन्छ,’ नायिका खड्काले भनिन्, ‘विदेशी वाइनहरुले प्रभुत्व जमाउँदै गरेको अहिलेको अवस्थामा मनाङ भ्याली वाइनको यस स्तरको नेपाली वाइन आउनु नेपाली अर्थतन्त्रकै लागि गर्वको कुरा हो।’ मनाङ भ्याली वाइन व्हाइट कलरमा स्वीट र सेमी स्विट भर्सनमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

Array