कुमारी बैंकको ३० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

आर्थिक लाइभ
आर्थिक लाइभ १० आश्विन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले कपिल न्यौपानेको नाममा रहेको ३० हजार १९३ कित्ता र शान्ता कुमारी अधिकारीको नाममा रहेको ६०४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बैंकले यो शेयर विक्री खुला गरेको हो । इच्छुक खरीदकर्ताहरूले बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड र बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी बैंकले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array