दशैं लक्षित नयाँ नोटः एक जनाले १८ हजार ५ सयसम्म साट्न पाउने

आर्थिक लाइभ
आर्थिक लाइभ ९ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ ।
राष्ट्र बैंकले दशैं-तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Array