काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीच भेटवार्ता सम्पन्न भएकाे छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा स्थानीय समयअनुसार बिहान ११ बजे भएकाे उक्त भेटपछि चीन र नेपालबीच विभिन्न समझदारीमा हस्ताक्षर तथा समझदारी आदानप्रदान भएकाे छ ।
समझदारीअघि बीआरआईसम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधिलगायतका विषयमा छलफल भएको थियाे ।
कृषि, पूर्वाधार, विद्युतलगायतका १२ वटा परियोजनामा हस्ताक्षर भएको बताइएकाे छ । १२ वटा सम्झौता र एउटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको हाे ।





प्रतिक्रिया दिनुहोस्